माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए । उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको […]

Continue Reading

सुन्धाराको मस्जिद तोडफोड गर्ने पक्राउ

सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा शनिबार बिहान तोडफोड भएको छ । शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सय वर्ष भन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने […]

Continue Reading

नागरिकको सेवा र सुरक्षामा खटिन प्रहरी प्रमुखको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकको सेवा र सुरक्षामा अझ कटिबद्ध रही खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विजया दशमी, दीपावली, नेपाल सम्वत् ११४१ र छठ पर्वको अवसरमा शुभकामना दिँदै महानिरीक्षक थापाले यस वर्ष चाडपर्वको बेला कोभिड-१९ को संक्रमण पनि कायम रहेकोले व्यक्तिगत इच्छा र आवश्यकताभन्दा नागरिक सेवा र सुरक्षामा खटिन निर्देशन दिएका […]

Continue Reading

आफ्नै छोरीलाई गोली हान्ने बाबु कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुकबाट गोली हानेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने […]

Continue Reading

दुर्लभ रेडपाण्डाको छालासहित चार पक्राउ

दुर्लभ रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको […]

Continue Reading