गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ

गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा […]

Continue Reading

आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

प्युठानमा आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका – १ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Continue Reading

अवैध उत्खननमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा

लेटाङ्ग नगरपालिका-९ तेली खोलामा अवैध रुपमा ढुङ्गा उठाउँदै गरेका को.२ त ७९२९, को.१ त ८५९३ र को.२ त ९३०१ नम्बरका तीन वटा ट्रयाक्टरलाई चालक सहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा उत्खनन गरी ढुङ्गा उठाउँदै गरेको अवस्थामा ती ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रयाक्टर तथा चालकलाई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको […]

Continue Reading

शारजाहमा दुई नेपालीको हत्या

यूएईको शारजाहमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ […]

Continue Reading

बालिकाको सामूहिक बलात्कार पछि हत्या : ‘जिब्रो काटेको र आँखा फोरेको अवस्थामा शव भेटियो’

भारतको उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा एक १३ वर्षीया बालिका माथि सामूहिक बलात्कार पछि हत्या भएको छ । शौचालय जानको लागि बाहिर घरबाट बाहिर निस्किएकी बालिकाको साथमा सामूहिक बलात्कार पछि उनको आँखा फोरेर उनलाई घिसारेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । १४ अगस्टको दोश्रो प्रहरमा उनी करिव १ बजे घरबाट शौचालयका लागि बाहिर निस्किएकी थिइन् […]

Continue Reading