राजधानीमा छुरा हानेर एक युवाको हत्या

काठमाडौंको मनमैजुमा एक जनाको हत्या भएको छ । शुक्रबार साँझ छुरा प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको हो। मनमैजुस्थित एक खाजा घरमा आपसी विवादका क्रममा चक्कु प्रहारबाट उनको मृत्यु भएको हो। चक्कु प्रहार गर्नेको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

एक करोड बढी रकम हिनामिना गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४-७५ र आव ०७५-७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी […]

Continue Reading

सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ

एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु. पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकारीले आलोचना साप्ताहिकको संवादताता रहेको बताएका […]

Continue Reading

गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’

गोंगबुमा २४ शनिबारको राति भएको विभत्स हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभरीको धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो । ‘कल्पनाको तीनवटा विवाह भइसकेको र मृतकसँग पनि सम्बन्ध रहेको तथ्य पत्ता लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ […]

Continue Reading

पिताको कर्तुत देखेपछि पहिले श्राद्ध त्यसपछि हत्या

आफ्नी श्रीमती र आफ्नै पिताको अवैध सम्बन्ध देखेपछि एक छोराले पितालाई मरिसकेको माने । उनले पहिले पिताको विधिपूर्वक श्राद्ध गरे त्यसपछि पिताको हत्या गरे । उनले पिता र श्रीमतीले अवैध सम्बन्ध राख्दै गरेको देखेपछि भोलिपल्ट कपाल मुण्डन गरेर श्राद्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको हत्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । घटना […]

Continue Reading