नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्यायो हेल्प डेस्क र टोलफ्री नम्बर

२९बैशाख, २०७७ शेयर कारोबार सुरु हुनै लाग्दा नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता तथा सम्बद्ध पक्षको गुनासो सुनुवाई गर्नका लागि हेल्प डेस्क तथा टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि शेयर कारोबार खुल्ला हुँदैछ । उक्त समयमा कुनै पनि किसिमका समस्या आएको खण्डमा समाधान गर्नका लागि हेल्प डेस्क स्थापना गरिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार […]

Continue Reading

अर्थमन्त्री खतिवडाले संसदमा गरेको सम्बोधनको पूर्ण पाठ

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, १. संघीय गणतन्त्र नेपालको यस गरिमामय संसदमा नेपाल सरकारको अर्थमन्त्रीको रुपमा आर्थिक वर्ष २०७७ / ७८ को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गर्न पाउँदा गौरवको अनुभूति गरिरहेको छु । विव्यापी महामारीको रूपमा फैलिएको कोरोना रोगको संक्रमण रोक्ने र अर्थतन्त्रलाई […]

Continue Reading

आजबाट प्रिबजेट छलफल शुरु

काठमाडौं, २८ वैशाख । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल शुरु  हुँदै छ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ । संसदको बजेट अधिवेशन […]

Continue Reading

सरोकारवालाको सुझावका आधारमा केन्द्रीय बैंकले ठोस कार्ययोजना बनाई लागू गर्ने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणका निम्ति आफूहरु प्रयत्नशील रहेको बताएका छन्। केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य (भर्चुअल) बैठकमा उनले सरोकार भएका निकायको सहयोग एवं सुझावका आधारमा आफूहरुले ठोस कार्ययोजना बनाई लागू गर्ने प्रतिबद्धता जनाए। प्राप्त सुझावका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को […]

Continue Reading
Kailash Bikas Bank merges with prime Bank

आइतबारदेखि देशभरका सबै बैंक तथा वित्तीय संस्था खुल्ने

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णय अनुसार आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी […]

Continue Reading