कोरोनाको रेमिट्यान्समा प्रभाव

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने काठमाडौं, ६ वैशाख । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् । विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौँ नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौति नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको […]

Continue Reading

लकडाउनमा विद्युत प्राधिकरणद्वारा चैतको बिजुली बिल जारी

सर्वसाधारण घरबाहिर निस्किन बन्देज भइरहेका वेला विद्युत् प्राधिकरणले भने चैतको बिजुली बिल जारी गरेको छ । महसुल रकम वैशाख मसान्तभित्र तिरिसक्नुपर्नेछ अन्यथा जरिवाना लाग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कर्मचारी फिल्डमा नगई ग्राहकले फागुनमा उपभोग गरेको बिजुलीकै आधारमा चैत महिनाको पनि बिलिङ गरिदिएको हो । अवस्था सहज भएपछि घरघर गएर मिटर रिडिङ गरी हिसाब मिलान […]

Continue Reading

कोभिड १९ बीमा पोलिसी जारी

बीमा समितिले बिहीबार एक विज्ञप्ती जारी गर्दै  कोरोना भाइरस (कोभिड १९) बाट हुने रोगको रक्षावरण हुने गरी नयाँ बीमालेख जारी गरेको जनाएको छ ।। कोभिड १९ बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न उक्त बीमालेख जारी गरेको हो। उक्त बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ […]

Continue Reading

बेलायतको कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशत कमी आउने

सन् २०२० मा बेलायती अर्थतन्त्र १३ प्रतिशतले सङ्कुचित हुनसक्ने वित्तीय जिम्मेवारी प्राप्त कार्यालय (ओबीआर)ले मङ्गलबार प्रकाशित गरेको प्रक्षेपण प्रतिवेदनमा बताइएको छ । “सन् २०२० मा वार्षिक कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशतको गिरावट दुवै विश्वयुद्धको अन्त्यपछिको आर्थिक गिरावट भन्दा सहजै जटिल (सङ्कटग्रस्त) हुने देखिएको छ,” ओबीआरको रिपोर्टमा उल्लेख छ । यो प्रक्षेपणमा दोस्रो त्रैमासिकमा बेलायतको कूल […]

Continue Reading

नेपालसहित २५ मुलुकलाई आईएमएफले तत्काल अनुदान उपलब्ध गराउने

काठमाडौं, २ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष,आईएमएफले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपालसहित २५ मुलुकलाई तत्काल अनुदान उपलब्ध गराउने भएको छ । आईएमफको कार्यकारी सञ्चालक समितिको बैठकले निम्न आय भएका २५ मुलुकलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । आईएपफकी महानिर्देशक क्रिस्टलिना जर्जिभाद्वारा जारी प्रेस विज्ञप्तिमा आईएमएफको विपद् न्यूनीकरण तथा राहत कोष,सीसीआरटी मार्फत नेपालसहितका […]

Continue Reading