पेट्रोलियम साधन २०८८ सालसम्म विद्युतीय सवारीले विस्थापन गरिने

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई आगामी २०८८ सालसम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट प्रस्तुत गर्दै त्यसका लागि अवलम्बन गर्नुपर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकास सम्बन्धमा सुझाव दिन विज्ञसहितको कार्यदल गठन गरिने जानकारी दिनुभयो । […]

Continue Reading

विद्युत् खपत बढाउन घट्यो इन्डक्सनको भन्सार महसुल

विद्युत् खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य निर्धारण गरेको छ । त्यसका लागि इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार छुटलाई चार प्रतिशतले घटाएर एक प्रतिशतमा सीमित गरिएको छ । यसअघि इन्डक्सन चुल्होमा पाँच प्रतिशत भन्सार लाग्दै आएको थियो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले इन्डक्सन चुल्होको भन्सार एक […]

Continue Reading

५० प्रतिशत घरभाडा छुट

ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र […]

Continue Reading

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको ४१.२ प्रतिशत चालु खर्च, २२.७ प्रतिशत पुँजीगततर्फ र १२.६ प्रतिशत वित्तीय व्यवस्थातर्फ खर्च भएको घोषणा […]

Continue Reading

एक बैंकको तीन शाखा मात्र खोल्न राष्ट्र बैंकको निर्देशन

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले थप कडाइ गर्ने सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले सोमवार एक सूचना जारी गर्दै यस्तो निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले काठमाडौं जिल्लामा तीनवटा शाखा मात्र खोलेर सेवा प्रदान गर्न निर्देशन दिएको छ । त्यस्तै, विकास बैंकहरुले २ वटा, फाइनान्स कम्पनीहरुले एक वटा मात्र शाखा […]

Continue Reading