रसुवागढी नाका आजबाट सुचारु, सामान आउने क्रम शुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजदेखि संचालनमा आएको छ । चिनिया भन्सार कार्यालयले आजै ७ वटा मालबाहक गाडीमा सामान नेपाल पठाउने तयारी गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द रहेको नाका आजबाट पुनः संचालनमा आउन लागेको हो । सीमास्तरका दुबै देशका अधिकारीबीच यसअघि भएको बैठकमा सामान आयात […]

Continue Reading

विकासशील राष्ट्रमा स्तरोन्नति ! जोखिम न्युनिकरणमा कस्तो छ तयारी ?

नेपाललाई संयुक्त राष्ट्र संघीय विकास नीति समिति सीडीपीले अतिकम विकसित मुलुकको सूचीबाट हटाएर विकाशसील मुलुकमा स्तरोन्नती गर्न सिफारिश गरेको छ । यो सिफारिश लगत्तै राष्ट्र संघले २०२६ सम्म विकासशील मुलुकमा स्तरोन्नती हुनका लागि गर्नु पर्ने आबश्यक तयारी सक्न नेपाललाई ५ बर्षको तयारी समय पनि दिएपछि यसको पक्ष र विपक्षमा समेत बहस शुरु गरेको छ । […]

Continue Reading

‘डिजी पे’लाई भुक्तानी सेवा प्रदायकको अनुमति

नेपाल राष्ट्र बैंकले डिजी पे प्रा.लिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । वि.सं २०७४ मा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरी अनुमति पाएको हो । “नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेले पेमेन्ट सर्भिस गेट वेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका […]

Continue Reading

आज पनि दोहोरो अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन आज मंगलवार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ५९.७० अंकले घटेर २ हजार ४ सय ५५.३३ अंकमा झरेको छ । आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ९.८० अंकले ओरालो लागेर ४ सय ४३.९५ बिन्दु कायम भएर बजार बन्द भएको छ […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य स्थिर

नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएसँगै निगम सञ्चालक समितिको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । जस अनुसार […]

Continue Reading