पानीको मूल्य निर्धारण, जारको ३५, बोतलको १६ रुपैयाँ

काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोकमा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले मूल्य समायोजन गरिएको जनाएको छ । उपत्यकाका विभिन्न २१ वटा पानी उद्योगको निरीक्षणपछि मूल्य निर्धारण गरिएको हो । मूल्य निर्धारण कार्यदलका संयोजक एवं विभागका बजार अनुगमन शाखाका […]

Continue Reading

सोल्टी होटलको बोनस वितरण, कागजी शेयर अभौतिकीकरण गर्न आग्रह

सोल्टी होटल लिमिटेड (SHL) ले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गर्न प्रस्ताव गरी साधारण सभाबाट अनुमोदन गराएको १५ प्रतिशत बोनस शेयर जम्मा गरेको छ । होटलले साउन २३ गते सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो। होटलको २०७६ पुस २४ गते सम्पन्न ४५ औं वार्षिक साधारण सभाबाट […]

Continue Reading

स्टक डिलरले एक हजार कित्ताभन्दा कम शेयर खरीद बिक्री गर्न नपाउने

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले धितोपत्र ब्यापारी स्टक डिलर कार्य संचालन कार्यविधि २०७७ लागू गरेको छ । नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि आगामी भदौ १ गतेदेखि कार्यन्वयनमा आउनेछ । कार्यविधिमा स्टक डिलर कम्पनीले एक पटकमा एक हजार कित्ताभन्दा कम शेयर खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै स्टक डिलरले कम्पनीको चुक्ता पूँजीको […]

Continue Reading

लगानी बोर्डका नवनियुक्त सीइओ सुशील भट्टविरुद्ध रिट

लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टविरुद्ध रिट परेको छ । उच्च अदालत पाटनमा अधिवक्ता जय बहादुर झुजेलले रिट दायर गरेका हुन् । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको सीईओको रुपमा नियुक्त गरेको थियो । उनी नियुक्त भएसँगै सत्तारुढ पार्टीभित्रैबाट विवादित मान्छेलाई नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो ।

Continue Reading

विद्युत् प्राधिकरणले अब कार्यालयबाटै काट्नेछ बिल नतिर्ने ग्राहकको लाइन

नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटरलाई हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने बाध्यता हट्ने छ । साथै, बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै काट्न सकिने छ । नेपाल विद्युत प्राधिकरणले आइतबार बाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ […]

Continue Reading