त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ […]

Continue Reading

उपत्यकामा आइसोलेसन निर्माणमा अलमल, सक्रिय संक्रमितमध्ये ६० प्रतिशत होम आइसोलेसनमा

कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी काठमाडौं उपत्यकाकै जिल्लाहरूमा देखिन थालेको छ । संक्रमितहरू होम आइसोलेसनमा बसिरहेका छन् । तर, संघीय राजधानी भए पनि आइसोलेसनको व्यवस्था भने हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३ भदौमा विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘उपत्यकामा एक साताभित्र पाँच हजार बेड आइसोलेसन बनाउँछौँ ।’ त्यही दिन काठमाडौं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन […]

Continue Reading

जनमैत्री अस्पताल अब कोभिड अस्पतालको रुपमा विकास गर्ने निर्णय

हाल बन्द अवस्थामा रहेको काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ । व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको छ । जसअनुसार सरकारले तत्काल कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड […]

Continue Reading

उदयपुरमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

उदयपुरमा पहिलोपटक कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका-४, मिलनचोक निवासी ५२ वर्षीय शिक्षक रहेका छन् । लामो समयसम्म बिरामी परेका उनको काठमाडौं, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उनलाई गएको साउन २८ गतेदेखि नै ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पताल पुर्‍याइएको थियो । स्थानीय […]

Continue Reading

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, उपत्यकामा ४१५ संक्रमित

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको […]

Continue Reading