रक्षामन्त्री पोरखेल र गृहमन्त्री थापा होम आइशोलेशनमा

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइशोलेशनमा बसेका छन्। सीसीएमसीमा कार्यरत एक जना कार्यलय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइशोलेशनमा बसेका हुन्। सीसीएमसीमा कार्यरत एक जना कार्यलय सहयोगीलाई बिहीबार कोरोना देखिएपछि रक्षा र गृहमन्त्री होम आइशोलेशनमा बसेका हुन्। गृहमन्त्री थापा बिहीबार मन्त्रालयमा दिनभर व्यस्त […]

Continue Reading

रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै नेकपा सचिवालय बैठक स्थगित

भोलि शनिबार निर्धारित नेकपाको सचिवालय बैठक स्थगित भएको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए। सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ। भोलिको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने योजना थियो।

Continue Reading

ललितपुरका ८ जना भजनमण्डलीमा देखियो कोरोना

ललितपुर महानगरपालिका वडा नंबर १६ मा ८ जना भजनमण्डलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै उनीहरुसँगको सम्पर्कमा रहेका १ सय जनाको पिसिआर परिक्षण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । मंगलबजार नजिकै रहेको काय्गोमढीका स्थानीय भजनमण्डलीलाई कोरोना संक्रमण भएपछि सो क्षेत्र सिल गरेर परीक्षण गर्न लागिएको हो । कोरोना संक्रमण थपदिै गएपछि […]

Continue Reading

कोरोनाका कारण एक अर्ब बढी बालबालिकाको पठनपाठन अवरुद्ध: युनिसेफ

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ । कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये एक तिहाई भन्दा बढी बालबालिका दूर शिक्षाबाटसमेत बञ्चित रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ । युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरले शिक्षण संस्थाहरु बन्द हुँदा विश्वका करिब […]

Continue Reading