काभ्रेपलाञ्चोकमा थप एक हप्ता निषेधाज्ञा

कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको […]

Continue Reading

तनहुँ जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर […]

Continue Reading

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न प्रशासनको पत्र

ध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिनुभयो […]

Continue Reading

अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिनुभयो । ड्रागन मेडिटेक […]

Continue Reading

उपत्यकामा थपिए थप चारहजार नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा चारहजार बढी कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा तीन हजार एक सय ६१ जना,भक्तपुरमा पाँच सय ४ र ललितपुरमा पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं जिल्लामा २७ हजार ६ सय ६० सक्रिय संक्रमित रहेका छन् भने […]

Continue Reading