काठमाडौं छाड्नेले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधवारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टाइनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ । यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्ने भनेको थियो ।

Continue Reading

कोरोना महामारीको जोखिममा एचआइभी संक्रमित

बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान शुरु गरेका हुन् । औषधिको प्रयोगले उनको स्वास्थ्य त सुधार भएको छ तर आफू संक्रमित भएको समाजले थाहा पाउला कि भन्ने त्रासले भने उनलाई पिरोलिरहन्छ । […]

Continue Reading

भारतमा २० सहित २३ नेपालीको मृत्यु : ९३ प्रतिशत संक्रमण मुक्त

काठमाडौं । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण निधन भएको हो […]

Continue Reading

कोभिशील्ड खोप निर्माता सिरमका सीइओलाई ज्यान मार्ने धम्की, भागेर बेलायत पुगे

भारतमा कोरोनाविरुद्ध कोभिशील्ड खोप उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदार पुनावाला परिवारसहित बेलायत भागेका छन्। भारतमा आफूलाई ज्यान मार्ने धम्की आएपछि बेलायत भागेको उनले बताएका छन्। बेलायत गएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तरवार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको जानकारी दिएका हुन्। उनलाई कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका […]

Continue Reading

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका नागरिकका परिवारका लागि राहतका प्याकेज घोषणा गरेको छ। कर्णाली मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ  राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय […]

Continue Reading