कक्षा १२ को परीक्षा आजदेखि सुरु

कोरोना महामारीका बीच कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । झण्डै ४ लाख ३२ हजार परीक्षार्थीका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड […]

Continue Reading

नेपालमा कोरोना खोप लगाउन ६० अर्ब लाग्ने अनुमान, दातृ निकायसँग सहयोग माग्ने सरकारको तयारी

नेपालमा पन्ध्र बर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन साठी अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले खोपका लागि अर्बौ रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो । सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि वीस प्रतिशत रकम आफुले ब्यर्होने र बाँकी रकम दातृ निकायलाई आग्रह […]

Continue Reading

पीसीआर रिपोर्टमै शंका

कोभिड–१९ नेगेटिभ रिपोर्ट लिएर विदेश गएकाहरूमा पोजिटिभ देखिने क्रम बढेपछि यहाँको प्रयोगशाला प्रतिवेदन शंकाको घेरामा परेको छ । विदेश उड्ने व्यक्तिको मात्र नभई मुलुकभित्रै पनि पीसीआर परीक्षण गडबड देखिएको विज्ञहरूले बताएका छन् । पीसीआर रिपोर्ट नेगेटिभ बोकेर यहाँबाट उडेका यात्रुमा पोजिटिभ देखिएपछि हङकङ विमानस्थलले नेपाल वायुसेवा निगमको विमानलाई उडानमा पटकपटक प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक हङकङ उडानमा […]

Continue Reading

भारतमा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण, मन्त्रीले लगाए खोप

कोभ्याक्सिन भारतले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप हो । अहिले यसको तेस्रो चरणको परीक्षण भइरहेको छ । भारत बायोटेकले विकास गरिरहेको यो भ्याक्सिनको परीक्षणमा एकजना मन्त्री समेत स्वयंसेवकका रुपमा सहभागी भए । शुक्रबार भएको परीक्षणमा हरियाणाका स्वास्थ्यमन्त्री अनिल भीज पनि सहभागी भएका हुन् । उनले परीक्षणका क्रममा भएको खोप लगाउँदै स्वयंसेवकहरुलाई आकर्षित पारे । उनी […]

Continue Reading

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए । उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो […]

Continue Reading