कोरोनाबाट थप २१ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Continue Reading

२४ घण्टामा थपिए २७५३ संक्रमित, १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ५३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार शुक्रबार देशभर दुई हजार २ सय ६ […]

Continue Reading

एनसेलले कोरोनासम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । कोरोनाभाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना पुष्टि, ४ हजार ५ सय डिस्चार्ज

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९०८ […]

Continue Reading

३०५१ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ६८ पीसीआर नमूना परीक्षण गर्दा १ हजार ८ सय ४२ पुरुष र १ हजार २ सय नौ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ […]

Continue Reading