कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार सो कदम चालिएको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार सो कदम चालिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाइ छ । स्वास्थ्यमन्त्री ढकालले मंगलबार […]

Continue Reading

धुलिखेल अस्पतालमा कोरोना बिरामीका लागि न्यूनतम ५० हजार धरौटी चाहिने

धुलिखेल अस्पतालले कोरोना संक्रमितले धरौटी रकम नबुझाए भर्ना नपाइने सूचना निकालेको छ । कात्तिक २ गतेको निर्णयअनुसार शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने भन्दै भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ । सूचनामा सामान्य लक्षण भएका बिरामीले ५० हजार धरौटी राख्नुपर्ने, मध्य जटिल बिरामीले १ लाख र जटिल बिरामीको उपचारका लागि २ लाख धरौटी […]

Continue Reading

जनताको चाहनामा कोरोनाको उपचार सशुल्क गरिएको हो : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्पष्ट पारेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री ढकालले संविधान र कानुन अनुसार नै कोरोना संक्रमतिको उपचार तथा कोरोना नियन्त्रणका लागि कार्यविधिहरु बनाइएको उल्लेख गरे । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनाउन जनताको […]

Continue Reading

लक्षित वर्गलाई मात्र कोरोनाको निःशुल्क उपचार

सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । यो निर्णयसँगै अब सबै मानिसले कोभिड–१९ को परीक्षण र उपचार गर्नका […]

Continue Reading

कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख नजिक, आज २ हजार १०८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०८ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९६ हजार ६०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या […]

Continue Reading