आज १५३९ जना संक्रमित, १०६८ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १५३९ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १०४९४ जनाको पीसीआर परीक्षण गर्दा १५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा १०६८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७१.५ प्रतिशत निको […]

Continue Reading

काठमाडौं उपत्यकामा मात्रै ७३७ संक्रमित

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना संक्रण पुष्टि भएको छ । काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

Continue Reading

डा. केसीको १९औँ सत्याग्रह

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसी जुम्लामा अनसन सुरु गरेका छन् । डा. केसीले जुम्लाको चन्दननाथ- ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९औ सत्याग्रह सुरु गरेका हुन् । गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र ओली सरकारको लुटतन्त्रविरुद्ध जुम्लामा १९औ सत्याग्रह सुरु गरेको डा. केसीले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]

Continue Reading

जनप्रतिनिधिमा नै कोरोना संक्रमण देखिएपछि २ सय बढीको स्वाब संकलन

तानसेन नगरपालिकाले जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरि स्वाब संकलन गरेको छ । गत बिहीबर नगरपालिकाका एकजना वडा अध्यक्षसहित ४ जना जनप्रतिनिधी तथा समुदायका १२ जना व्यक्तिमा कोरोना पुष्टि भएपछि उनिहरुको सम्पर्कमा रहेका २ सयबढी व्यक्तिको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाईएको नगरपालिका स्वास्थ्य शाखा संयोजक झबिन्द्र न्यौपानेले जानकारी दिनुभयो […]

Continue Reading

उपत्यकामा मात्रै ५९७ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५९७ जनामा कोरोना संक्रण पुष्टि भएको छ । काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत शुक्रबार भने उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।

Continue Reading