उपत्यकाबाट घर फर्किन दुई दिन समय, बिहीबारबाट गाडी नचल्ने

सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि २ दिनको समय दिइने बताए। सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तीमा दुई दिनको समय […]

Continue Reading

उपत्यकाका तीनवटै प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका काम नगर्ने

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द हुने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साताका लागि अत्यावश्यक काम बाहेकका काम नगर्ने गरी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई ख्याल गर्दै अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने र नियमित अन्य […]

Continue Reading

नेपाल–भारतको खुल्ला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता […]

Continue Reading

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ। नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै […]

Continue Reading

खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न अनुराेध

नेपाल एलपि ग्यास उद्योग संघले खाना पकाउने ग्यास सिलिन्डर खालि छ भने भरेर राख्न उपभोक्तालाई अनुराेध गरेको छ। कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै संघले खालि ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुराेध गरेकाे हाे। गत सालकाे लकडाउनमा पनि सबै उपभाेक्तालाई ग्यासकाे अभाव हुन नदिएकाे स्मरण गर्दै संघले अहिले पनि ग्यासकाे अभाव हुन नदिन संघ लागिपरेकाे जनाएकाे छ। नेपाल […]

Continue Reading