अनशनरत गंगामाया अधिकारीका छोराको हत्या अभियुक्तहरूलाई उच्च अदालतले दियो सफाई

अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादका हत्याका अभियुक्तहरूलाई पाटन उच्च अदालत हेटौंडा इजलासले सफाइ दिएको छ। न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हेटौंडा इजलासका उपरजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिए। यसअघि चितवन अदालतले १२ जना अभियुक्तलाई सफाइ दिएको थियो। आज सुरुमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित […]

Continue Reading

पन्ध्र सामुदायिक वनमा आगलागी

बैतडी-लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए। जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ । यहाँका अधिकांश […]

Continue Reading

हेलिकप्टरबाट निभाईयो शिवपुरी आगो

शिवपुरी जङ्गलमा भएको आगलागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालिएको छ। आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो। आगलागीको कारण भने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। सिम्रिक एयरलाइन्सले पानी हालेको प्रहारी प्रभाग बूढानीलकण्ठले जनाएको छ। […]

Continue Reading

बिस्केट जात्रामा भैरवको रथ तान्दा १९ जना घाइते, ढुङ्‌गा हानाहान

भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्‌गा हानाहान हुँदा १९ जना घाइते भएका छन्। बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। हिजो दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र […]

Continue Reading

बागलुङ बजारमा ठूलो आगलागी, उद्योगधनीलाई हृदयघात, स्थानीय बेहोस

सदरमुकामस्थित बागलुङ नगरपालिका वडा नं. ३ को सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। शनिबार राती २ बजे अचानक आगो लागेपछि बागलुङ, पर्वत र म्याग्दीका तीनवटा दमकलले आगो निभाइरहेका छन्,आगो निभाउन नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा बागलुङ, बेनी र कुश्मा नगरपालिकाका कर्मचारी तथा प्राविधिकहरू खटिएका छन्। ‘राती अचानक आगोको लप्का देखिएपछि […]

Continue Reading