काठमाडौँ वायु प्रदूषित शहरहरूको सूचीमा अग्रस्थानमै

काठमाडौँ आज पनि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा अग्रस्थानमा रहेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको हो । वायु प्रदूषणबारे मापन गर्ने अमेरिकी एक्यूआईका अनुसार बुधवार बिहान ६ः३९ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । अमेरिकी एक्यूआईका अनुसार […]

Continue Reading

भारत सरकारलाई माओवादीले भन्यो–कब्जामा रहेका जवान चाहिने भए वार्तामा बस

गत शनिबार भारतको छत्तीसगढस्थित बीजापुर भिडन्तमा कब्जा गरिएका प्रहरी जवान छुटाउन सरकार वार्तामा बस्नुपर्ने भारतीय कम्युनिष्ट पार्टी माओवादीले माग राखेको छ। सो हमलामा २४ जवानको ज्यान गएको थियो। ३१ जना घाइते भएका थिए भने १ जवानलाई विद्रोहीहरूले कब्जामा लिएका थिए। ती जवान छाड्नका लागि सरकारले आफूहरूसँग वार्ता गर्नुपर्ने दन्तकारण्य स्पेशल जोनल कमिटीका प्रवक्ता विकल्पले हस्ताक्षर […]

Continue Reading

हलेसीमा वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने

खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देश–विदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो । करिब पाँच करोडको लागतमा निर्माण सम्पन्न हुने फनपार्क प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । […]

Continue Reading

पाकिस्तानी दुतावाशद्धारा छात्रवृत्ति हस्तान्तरण

नेपाल स्थित पाकिस्तानी दुतावाशले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दुतावाशले सोमबार एक कार्यक्रमको आयोजना गरि पाँच सय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो । नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेको जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ । विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर दुतावाशले हरेक वर्ष छात्रवृत्ति दिदै आएको […]

Continue Reading

सप्तरीको सिमा सुरक्षामा कडाई गरेसँगै भारतीय बजार सुनसान

कोरोना संक्रमण बढेसंगै नेपाल भारत सिमाक्षेत्रमा गरिएको कडाईका कारण नेपालीहरुको जाने क्रम घटेसँगै सप्तरीको सिमा क्षेत्रमा पर्ने भारतीय बजार सुनसान भएको छ । कोशी गाउँपालिकासँगै सिमावर्ती क्षेत्र भान्टाबारी हुँदै भारतीय बजार भिमनगर जानेहरुको संख्या निकै कम भएको छ । बिगतमा दैनिक सयौँ नेपालीको भिड लाग्ने ति बजारहरुमा यतिबेला बिरलै नेपालीहरु आउने गरेको भारतीय व्यापारी बताउँछन् […]

Continue Reading