तेजाब तथा घातक रसायन खरीदमा कडाइ, गृहमन्त्रालयद्वारा उद्योगहरुसँग विवरण माग

औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाइ गर्न थालेको छ ।  तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली २०७७ स्वीकृत भएसँगै कानूनी व्यवस्थाअनुरुप त्यसको आयात तथा प्रयोगमा कडाइ गर्न थालिएको हो । यसअघि फितलो कानूनी व्यवस्था भएकाले अनुगमनको अभावमा खुलमखुला […]

Continue Reading

एकैदिन विदेशबाट ल्याइए १५ शव, विमानस्थल पुगेर पूर्व प्रधानमन्त्री भट्टराई बने भावुक

आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । शव नेपाल एअरलाइन्सको जहाजमार्फत नेपाल ल्याइएको हो । १५ वटै शव त्रिभुवन विमानस्थलमा आइपुगेर पनि […]

Continue Reading

धरहराको पुनर्निर्माण सकिँदै, गजुर राख्न बाँकी

भूकम्पले क्षतिग्रस्त धरहराको टावर पुनर्निर्माणको काम २० दिनभित्र सकिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद अर्यालले सबै तलाको निर्माण काम सकिसकेको जानकारी दिँदै गजुर मात्रै राख्न बाँकी रहेकाले अबको २० दिनभित्र टावरकाे काम भने सकिने बताएका छन्। उनका अनुसार अहिले पार्किङ स्थलको काम पनि धमाधम भइरहेको छ। ‘समग्र अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ, निर्माण […]

Continue Reading

पूर्वप्रधानसेनापति राणाको निधन

नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको आइतबार बेलुकी निधन भएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोभिड–१९ संक्रमणपश्चात् भएको निमोनियाका कारण ९१ वर्षको उमेरमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ । उनी २०४० जेठदेखि २०४४ साल जेठसम्म प्रधानसेनापति भएका थिए ।अवकाश प्राप्त महारथी राणाको परिवारलाई सेनाले समवेदना व्यक्त गरेको छ ।

Continue Reading

इन्धनको मूल्य फेरि वृद्धि

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ। आज एक सूचना जारी गर्दै निगमले पेट्रोलको नयाँ खुद्रा मूल्य १२० रुपैयाँ कायम भएको जनाएको छ। साथै डिजेल मट्टीतेलमा पनि दुई/दुई रुपैयाँका दरले बढाइएको उल्लेख गरिएको छ। त्यस्तै एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको जनाइएको छ। नयाँ समायोजनपछि पनि निगमलाई पेट्रोलमा अझै ७ रुपैयाँ […]

Continue Reading