करिडोरको सवारी व्यवस्थापन : ट्राफिकले खटायो ‘सिएमटी’

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि आज (बुधवार)देखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ । करिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘करिडोर म्यानेजमेन्ट टिम’ (सिएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए । महाशाखाले आज एक समारोहबीच उक्त […]

Continue Reading

सिसडोलबासीको समस्या समाधान गर्न सरकारसँग सांसद खतिवडाको माग

काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेकोबारे संसदमा आवाज उठाएका छन् । बुधवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद खतिवडाले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनिवेसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेको प्रति आफ्नो एकवद्धता रहेको बताए । त्यस्तै सांसद खतिवडाले स्थानीयका माग पुरा गरी फोहोर व्यवस्थापन गर्ने […]

Continue Reading

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बझाङका जनताले चामल खान पाउने कहिले ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली स्नेहीले बझाङका जनतामा चामलको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । आज (बुधवार) बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै बझाङ जिल्ला साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहोराले संघीय सरकारका मन्त्रालय देखि विभिन्न निकायमा स्थानीय नागरिकलाई चामल खुवाउन पाउँ भन्दै धाएको विषय उल्लेख गर्दै अहिले देशका […]

Continue Reading

म्यानमार नरसंहारको विरोधमा संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन

म्यानमारको सैनिक सरकारले गरेको हत्याको विरोधमा ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजले हत्या र दमनको निन्दा एवं भर्त्सना, राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित प्रदर्शन गरेको हो।  

Continue Reading

मौसममा तत्काल सुधार नहुने

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको […]

Continue Reading