कर नतिर्नेलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शङ्का लागेका व्यवसायीलाई सात दिनको समय दिएर […]

Continue Reading

कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक, ह्याकरले मागे एक लाख फिराैती

कलाकार सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ । फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैंया माग गरिएकाे छ । फेसबुक अकाउन्ट ह्याक भएकाे जानकारी दिँदै निरौलाले टेकपानसँग भनिन, ‘मलाई सुरुमा कलाकार सरोज खनालको नामबाट बहिनी कता छौ ? एउटा कुरा गर्नुछ भनेर म्यासेज आयो । त्यसपछि मलाई मोबाइलमा आएको कोड पठाउन […]

Continue Reading

लकडाउन हुँदैनः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले सरकार लकडाउन गर्ने सोचमा नभएको स्पष्ट पार्नुभएको छ । कोरोनाको दोस्रो चरण सुरुवात भएको र छिमेकी भारतमा संक्रमण उच्च रहेकाबेला नेपालमा आशंकाहरु हुन थालेकाबेला अर्थमन्त्रीको स्पष्टोक्ति आएको हो । ‘आशंका होइन, यथार्थबाट निर्देशित हुनुपर्छ,’ कोभिडको दोस्रो चरणबाट जोगिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘तर, आर्थिक सामाजिक क्रियाकलापलाई सुचारु र नियमित गर्नुपर्छ । स्वास्थ्य […]

Continue Reading

७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

काठमाडौं- देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव ८९ प्रतिशत स्थानमा […]

Continue Reading

सयौँ विद्यार्थी बिरामी परेपछि विद्यालय ३ दिनका लागि बन्द

दैलेख- नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार […]

Continue Reading