लालबन्दीबाट तीन महिनामा ११ कराेडकाे गाेलभेँडा निकासी

जिल्लाकाे लालबन्दी नगरपालिकाबाट मात्रै विगत तीन महिनामा ११ कराेड रूपैयाँभन्दा बढीकाे गाेलभेँडा देशका विभिन्न स्थानमा निकासी भएकाे छ। गाेलभेँडाकाे शहरकाे रूपमा चिनिने लालबन्दी नगरपालिकाकाे लगभग ८० प्रतिशतभन्दा बढी जमिनमा गाेलभेँडा खेती गरिँदै आएकाे छ। गोलभेँडाबाटै मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन्। कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मङ्सिरदेखि माघसम्मकाे तीन […]

Continue Reading

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

मोरङकाे सुन्दरहरौचा नगरपालिका बडा ३ मा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सुन्दरहरौचा नगरपालिका बडा ३ को सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकालाई २०७७र ०७८को बजेट बियोजन गरी साइकल वितरण गरेको हो । स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले उनीहरूलाई साइकल प्रदान गरिएको जनाइएको छ । स्वास्थ्य सेवाका लागि खटिएकी महिला स्वयंसेविकाहरूको पीडा कम […]

Continue Reading

निकुञ्ज क्षेत्रमा उडाननिषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र

वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको बिरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकहरुले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् । वायुसेवा संचालकहरुले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण […]

Continue Reading

प्युठानमा आगलागीमा परि एक वृद्धको मृत्यु

प्युठानमा घरमा भएको आगलागीमा परि एक वृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर १ सल्लिकोटमा आज बिहान आगलागी हुँदा ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।घरमा आगलागी भएपछि सामान निकाल्न जाँदा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ । घरका अन्य सदस्य बाहिर निस्किएको समयमा आज विहान करिब […]

Continue Reading

भोलि देशभरका सबै अदालत बन्द हुने

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा भोलि (बिहीबार) देशभर सबै अदालत बन्द हुने भएको छ। सर्वोच्चका नवौँ प्रधानन्यायाधीश सिंहको निधनमा शोक मनाउन भोलि (बिहीबार) देशभरका अदालतमा शोक बिदाका रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले निर्णय गरेको हो। पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो। सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा […]

Continue Reading