अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढ्दो

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ । सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने ३६ हजार जनाले अनावश्यक यौन सम्पर्कको अनुभव गरेका थिए । सेनामा यौन दुर्व्यवहारका घटना बढेपछि विज्ञहरूले सेप्टेम्बरको अन्त्यमा अमेरिकाले कम्तीमा १० हजार […]

Continue Reading

१९ वर्षदेखि काठको टहरामै टर्मिनल टावर

मुगुको छायाँनाथ रारा नगरपपालिका–४ ताल्चामा रहेको रारा विमानस्थल विगत १९ वर्षदेखि टर्मिनल टावर काठको टहरामै रहेको छ । २०६० सालमा कच्ची धावन मार्गमार्फत् काठको टहराबाटै जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधायुक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन । ३ वैशाख २०६० मो पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान भयो, त्यसयता […]

Continue Reading

६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु

काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]

Continue Reading

गृहमन्त्रीका पीएसओलाई गणमा थुनेर अनुसन्धान सुरु

नेपाल प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग साठगाँठ गरेको आरोप लागेका गृहमन्त्रीका ‘पीएसओ’ वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्कीलाई एक नम्बर गणमा थुनामा राखेर अनुसन्धान सुरु गरेको छ । (सिनियर सई) कार्कीलाई हेडक्वार्टरसँगैको एक नम्बर गणमा थुनेर अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । यसअघि भदौ ७ गते प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी […]

Continue Reading