पहिरोले उदीपुर सडक अवरुद्ध

लगातारको वर्षापछिकाे पहिराेका कारण डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत उदीपुर सडक अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि बर्षा भइरहेकाले उदिपुरमा ढुङ्गासहित लेदो आएर सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको […]

Continue Reading

सडकसँगै गाउँमा पहिरो

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ। नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर […]

Continue Reading

रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा हुनेछः नासा

आफ्नो स्टेसन नबनुन्जेल मस्को कम्तीमा सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने अपेक्षा गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले बताएका छन् । रुसी अन्तरिक्ष अधिकारीहरूले आफ्ना अमेरिकी समकक्षहरूलाई यस्तो जानकारी दिएको नासाका अधिकारीले बताए । नासाका अन्तरिक्ष अपरेसनका प्रमुख क्याथी लुएडर्सले एक अन्तर्वार्तामा रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने […]

Continue Reading

बालेन विरुद्ध नाराबाजी

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि उनीहरूले मेयर शाहविरुद्ध नाराबाजी गरेका हुन् । अहिले साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू जम्मा भएर केही बेर नाराबाजी गर्दै […]

Continue Reading

जसपा नेता महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी दर्ता

सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद सदस्य देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ । गोलबाजार नगरपालिका १३ वस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता गराएकी हुन् । घरमा कोही नभएको मौका छोपी महतोले जबरजस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता भएको हो […]

Continue Reading