टिपरको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु

झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको […]

Continue Reading

रत्न राजमार्गमा बसमाथि ढुङ्गा खस्दा किशोरीको मृत्यु

काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना७ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो । ढुङ्गा […]

Continue Reading

कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २३ लाख १० हजार बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारले मुद्दा दायर गरेको […]

Continue Reading

भियतनामको चार्टर्ड विमान पर्किङका लागि भैरहवामा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो । व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडाैंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले […]

Continue Reading

न्याय परिषद्ले माग्यो २७ न्यायाधीशका लागि आवेदन

न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी परिषदले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो । सूचनाअनुसार संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ को अनुसूची–१ बमोजिम स्वघोषणा पत्र समेत […]

Continue Reading