नेपाल टेलिकमको सेवा दस्तुर ३ प्रतिशत घटयो

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो । टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, […]

Continue Reading

रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २९ यौन दुर्व्यवहारका घटना

रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी रामेछापका अनुसार ०७७ -०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसोको अहिले पनि कारण खुल्न सकेको छैन । गत वर्ष […]

Continue Reading

लुम्बिनी अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालका अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी […]

Continue Reading

कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना

काठमाडौं महानगरमा आज आइतबारदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ । सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । नकुहिने तर पुनः प्रयोगमा आउन […]

Continue Reading

पावर हाउस घटनाको स्थलगत अनुगमन : मृतकका परिवारलाई पालिकाले एक लाख दिने

गएराति हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विद्युतगृह भाँसिदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टोलीले घटनास्थलको अवलोकन गरेको हो । घटनास्थलको […]

Continue Reading