पोखरा महानगर: पूर्व मेयरको जग्गाभाडा सम्झौता खारेज

पोखराका पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने निर्णय खारेज भएको छ । पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार सम्झौता खारेज […]

Continue Reading

राष्ट्रपति भण्डारीद्वारा १३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले १३ विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न १३ विधेयक राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेको उल्लेख गरेको जनाएको छ । विधेयकको नाम  १.    लोकसेवा आयोग सम्बन्धी कानूनलाई […]

Continue Reading

आईजीपी नियुक्ति विवादः एआईजी पोखरेलले दायर गरेको रिट खारेज

नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर […]

Continue Reading

सप्तरीमा मिटरब्याजीको बिगबिगी

मिटर ब्याजका नाममा अपराधिक लाभ लिएका केही व्यक्ति पक्राउ परे पनि यस्ता अवैध लेनदेन/कारोबार भने रोकिएको छैन । सप्तरीमा एकपछि अर्को मिटर ब्याजीले सर्वस्व गुमाएको बिषयमा पत्रकार सम्मेलन गरेर न्याय माग्नेको लर्को लागेको छ । मिटरब्याजी प्रभु साहको ऋणको फन्दामा परेर सर्वस्व गुमाउन लागेको भन्द सप्तरीका एक दम्पतीले गत आइतबार न्यायका लागि गुहार मागे । […]

Continue Reading

विधुत उत्पादन गृह भत्किंदा तीनको मृत्यु

हुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा बिधुत उत्पादन गृह भत्किएको छ । घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलबिधुत आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको […]

Continue Reading