राजीनामालगत्तै वर्षमानले छाडे क्वार्टर

ऊर्जामन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुन आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित […]

Continue Reading

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् । भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय […]

Continue Reading

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो । यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका […]

Continue Reading

यसरी भएका थिए विगतमा संसद विघटन

वर्तमान सरकारले संसदको विघटनको सिफारिस गरेर संसद विघटन भएपछि यतिखेर विभिन्न पाटोबाट प्रतिक्रियाहरु आएका छन् । नेपालमा पहिलोपटक पार्टीभित्रकै आन्तरिक कलहका कारण तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा संसद विघटन गर्नु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक असमझदारीका कारण संसदको विघटनका लागी सिफारिस गरेसँगै वर्तमान संसदको अवधि २ वर्ष अधिनै समाप्त भएको […]

Continue Reading

ओलीलाई साधारण सदस्यबाटै हटाउन सिफारिस

नेकपाले पार्टीको निर्देशनलाई लत्याउने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको सार्वजनिक भए पनि भित्रि रुपमा भने उनलाई साधारण सदस्यसमेत रहन अयोग्य ठहर गर्दै केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको एक नेताले इकागजलाई जानकारी दिए […]

Continue Reading