ओलीको कदममा प्रतिवादको रणनीति बनाउने तीन दल बैठकको निर्णय

नेपाली कांग्रेस, नेकपाको प्रचण्ड(नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन्। बैठकले संविधानको मर्म र भावना विपरित संसद विघटन गरिएको ठहर गर्दै तीन दलको केन्द्रीय समिति बैठकले प्रतिवादका कार्यक्रम तय गर्ने निश्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भोलि बस्ने नेकपा र […]

Continue Reading

ओलीको देशवासीको नाममा सम्बोधन : संसद विघटन आकस्मिक होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । सोमवार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे । जसअनुसार हिजो […]

Continue Reading

संसद विघटनको तीन दलले संयुक्त प्रतिवाद गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाकै पहलमा आज कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने सहमति गरे जसपाका कार्यकारी परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । उनले भने, ‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका […]

Continue Reading

सांसदहरुलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदलाई बालुवाटार बोलाएका छन् । सांसदहरुसँग राय लिन प्रधानमन्त्रीले सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाएका हुन् । विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई बालुवाटार बोलाइएको छ ।

Continue Reading

संसद विघटन ओलीको प्रतिगामी कदम : नेकपा (क्रान्तिकारी माओवादी)

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले संसद विघटनलाई सरकारको प्रतिगामी कदमको संज्ञा दिएको छ । पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो कदमलाई प्रतिगामीको संज्ञा दिएको हो । महासचिव किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको विद्यमान राजनीतिक संकट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान संकटको समाधान […]

Continue Reading