प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नभएकोमा मुख्यमन्त्री पोखरेलको बिरोध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नभएको भन्दै विरोध गरेका छन् । उनले पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्ष केपी ओलीलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिनु उचित नभएको बताएका छन् । […]

Continue Reading

नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छन् । “पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”, चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन् ।” मन्त्री अर्यालले बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या छैन । कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै जीवन्त […]

Continue Reading

नेकपाको स्थायी कमिटि बैठक मंसिर १८ गते बस्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठक आगामी मंसिर १८ र केन्द्रीय कमिटि बैठक २५ गते बस्ने भएको छ । आज बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्य समेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीभित्रको लामो रस्साकस्सीपछि आजको लागि सचिवालय बैठक बोलाइएको थियो । आगामी मंसिर १३ […]

Continue Reading

ओलीलाई हटाउनैपर्छ भन्दै बाबुराम भट्टराईले गरे ट्वीट

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको मनमुटावका कारण पार्टी फूटको संघारमा पुगेको टिकाटिप्पणी भइरहेको छ । यसैबीच पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एक ट्वीट गर्दै ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने बताएका हुन् । नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको […]

Continue Reading

विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । “आर्थिक विकासको […]

Continue Reading