प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी […]

Continue Reading

कर्णाली प्रदेशसभाको बैठक बुधबार

कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि आज पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोख्नुभएको थियो । […]

Continue Reading

रहेनन् प्रजातन्त्र सेनानी श्रेष्ठ

मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षका उमेरमा निधन भएको छ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार समेत रहनुभएका उहाँको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वि सं। १९९४ पुस २९ गते सुब्बा मित्रलाल श्रेष्ठ र चुँदरीदेवीका साहिँला पुत्रका रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मनु भएका उहाँले पाल्पाको पब्लिक […]

Continue Reading

पूर्वराजाको भिडियो सन्देश : देशको अवस्थाप्रति चिन्ता व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितसँगै एक सन्देश जारी गरेका छन् । पूर्वराजा रानीले आज एक भिडियो सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समय शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेका छन् । यस महामारीको समयमा अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र […]

Continue Reading

बझाङमा निषेधाज्ञा एक साताका लागि थप

बझाङमा गत वैशाख १८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले यही जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिनुभयो ।

Continue Reading