राति १२ बजेपछि बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

शुक्रबार मध्यरातको १२ बजेपछि मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सरकार गठनका लागि राष्ट्रपतिबाट दुबै पक्षको दाबी खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार मन्त्रीहरुलाई राति ११ पछि मात्रै खबर गरिएको थियो । बैठक राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी गरिएको केही मिनेटमै सुरु भएको हो । […]

Continue Reading

सरकार गठनका दुवै दाबी राष्ट्रपतिबाट खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् । राष्ट्रपतिले दुवै पक्षबाट प्रस्तुत दाबीमा विश्वास प्राप्त गर्ने ठोस आधार नदेखिएकोले दुवै दाबी खारेज गरिएको भन्दै शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा दुवै तर्फको दाबीमा संसदीय दलको नाम दोहोरिएकोले समेत दाबी अमान्य भएको उल्लेख गरिएको […]

Continue Reading

प्रधानमन्त्रीमा दुई नेताको दाबी, कानूनी परामर्शमा राष्ट्रपति कार्यालय

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आधार पेस गर्न दिएको समयसीमामा दुई नेताको दाबी परेको छ । वर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक […]

Continue Reading

देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र शीतल निवासमा दर्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा पत्र दर्ता गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको लागि दिएको म्याद सकिन १० मिनेट बाँकी हुँदा नेताहरूले  १४९ सांसदको हस्ताक्षरसहित पत्र दर्ता गरेका हुन् । पत्र दर्ता भएको नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले इकागलजलाई जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) […]

Continue Reading

प्रधानमन्‍त्रीमा ओलीको पनि दाबी, १५३ सांसदको सूची शीतल निवासमा

प्रधानमन्‍त्री केपी शर्मा ओलीले पनि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको दाबी गरेका छन् । प्रधानमन्‍त्रीका प्रमुख राजनीतिक सल्‍लाहकार विष्‍णु रिमालकाअनुसार नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित ओलीले प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन् । दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र […]

Continue Reading