प्रतिनिधिसभा बैठक व्यवस्थित ढंगले सञ्चालन गर्न नेताहरुसँग परामर्श गर्छु : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । आज (मंगलवार) संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भोली बुधवारदेखि नै दलका नेताहरुसंग छलफल शुरु गर्ने बताएका हुन् । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, […]

Continue Reading

विप्लवसँग वार्ता गर्न सरकारी वार्ता टोली घोषणा हुँदै

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता टोली घोषणा गर्ने भएको छ । दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने बताएका थिए । एक साताअघि मात्रै विप्लवले विज्ञप्ति जारी गर्दै सरकार वार्ताका लागि इमान्दार भएर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार भएमा वार्ताका लागि तयार रहेको […]

Continue Reading

नेकपा सांसदहरुको गुट परिवर्तन तिव्र, दाहाल-नेपाल समूहका सांसद सुटुक्क बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओली कानुनी रुपमा विभाजित नभएको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलमा फेरि बहुमतमा पुग्ने देखिएको छ । ओली समूहले नेकपाका केही सांसदहरुलाई आफ्नो पक्षमा ल्याएपछि बहुमतमा पुगेका हुन् । ओली निकट एक नेताका अनुसार आजै तीनजना दाहाल-नेपाल समूहका सांसदहरुले गुट परिवर्तन गरेका छन् । उनीहरुले ओलीलाई समर्थन गर्ने भएका हुन् । अब ओली […]

Continue Reading

अविश्वासको प्रस्तावबाट प्रचण्ड ब्याक हुने

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने भएको छ । प्रस्ताव दर्ता गर्ने नेकपाको दाहाल-नेपाल समूह नै यसलाई निस्तेज पारेर नयाँ ढंगले बढ्ने तयारीमा छ । २३ फागुनमा प्रतिनिधि सभा बैठक बसेपछि अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नबढ्ने […]

Continue Reading

राप्रपाको महाधिवेशन बैशाख २५ गतेदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हाधिवेशन आगामी बैशाख २५ देखि २८ सम्म काठमाडौँमा हुने भएको छ । सोमवार बसेको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशनका लागि आवश्यक पर्ने ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरेको छ । बैठकले निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । वडादेखि जिल्ला […]

Continue Reading