राष्ट्रिय झन्डा जलाएको गीतको म्युजिक भिडियो खिच्‍ने क्यामेराम्यान पक्राउ , गायक मंगोल ग्याल्जीको खोजीमा प्रहरी

Crime

नेपालको राष्ट्रिय झन्डा जलाइएको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले क्यामेराम्यान इसाक लिम्बुलाई नखिपोटबाट आज पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार अरु ६ जना अझै फरार रहेका छन् । उक्त गीतको भिडीयो मकवानपुरको एक स्कुलमा सुटिङ गरेको खुल्नमा आएको छ ।

‘मंगोल हप ‘नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । कुनै जाति विशेषलाई शरणार्थी भन्दै गाली गरेको यस गीतलाई युट्युबमा ५९ हजार बढीले डिसलाइक गरेका छन् ।
भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ ।
भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।
उक्त म्युजिक भिडीयोको टोलीलाइ मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

राष्ट्रिय झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग गर्ने, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउनेजस्ता काम गर्न कानूनले निषेध गरेको छ । यस्ता कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यस गीतको गाएक मंगोल ग्याल्जीको खोजीमा प्रहरी खटीएको स्रोतले जनाएको छ ।

राष्ट्रिय झण्डाको अपमान !!! कुनै नागरिकलाई सह्य हुदैन, तत्कालै कारवाही गरियोस् : रिपोर्टका लागि सेयर गरौँ