German finance minister

जर्मनका मन्त्रीले गरे आत्महत्या

International

कोरोनाबाट अति प्रभावित मुलुक जर्मनीको हेस्से प्रान्तका अर्थमन्त्री थोमस साइफरले आत्महत्या गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटका कारण मन्त्री साइफरले आत्महत्या गरेका जर्मन मिडियाले उल्लेख गरेका छन् ।

उनी काेराेना भाइरसकाे प्रकाेपबाट उब्जिएकाे तनावका कारण केही दिनयता निकै चिन्तित थिए ।

उनको शव रेलको लिकमा भेटिएको थियो । उनले सुसाइट नोट लेखेर आत्महत्या गरेका जर्मन अधिकारीहरूले बताएका छन् ।

साइफर १० वर्षदेखि अर्थमन्त्रीको भूमिकामा थिए । कोरोना भाइरसका कारण जर्मनीमा ५८ हजार २ सय ४७ संक्रमित भएका छन् भने साढे ५ सय बढीकाे मृत्यु भइसकेकाे छ ।