Corona Village UP

गाउँको नाम नै कोरोना हुँदा समस्या

Interesting

भारतको एक गाउँको नाम ‘कोरोना’ हुनुले अहिले गाउलेहरु समस्यामा परेका छन् । भारतको उत्तरप्रदेश राज्यको सितापुर नजिकको एक गाउँको नाम कोरोना रहेको छ । अहिले कोरोनाको चर्चा भैरहदा आफुहरु कोरोना गाउँको हो भन्दा सबैले भेदभाव गरेको गुनासो गाउलेको रहेको छ ।

मानिसहरुले कोरोना नाम देख्ना साथ यो गाउँको नाम होइन कोरोना संक्रमित बस्ने गाउ हो भन्ने बुझेर सो गाउँको बोर्ड देख्ना साथ मानिसहरु फर्किन थालेको गाउलेले बताएका छन् । एएनआइले एक गाउँले राजनलाई उदृत गर्दै लेखेको छ –‘जब मानिसहरुले हाम्रो गाउँ सोध्छन, हामीले कोरोना गाउँको  नाम लिन साथ हामीलाई फरक व्यबहार गर्छन्, उनीहरुले बुझेका छैनन्, हामी कोरोना संक्रमित होइनौ, कोरोना हाम्रो गाउँको नाम हो ।’

कोरोनाकै कारण अहिले यो गाउँ चर्चामा रहेको छ तर गाउलेले कोरोना नामकै कारण मुश्किल बेहोर्नु परेको छ ।