जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार साँझ २३ वर्षीय बेल्डाँडी गाउँपालिका-२ का गोपाल सुनारलाई पक्राउ गरेको हो। कञ्चनपुरमा कोरोनाभाइरसबारे भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
उनले शुक्रबार साँझ आफ्नो फेसबुकमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ’ भन्दै लेखेका थिए।
‘उनले अस्ति साँझ फेसबुकमा अस्पतालमा कोरोनाको कारणले एकको मृत्यु भनेर लेखेका थिए,’डिएसपी रवीन्द्र पौडेलले भने,’हिजो साँझ हामीले पक्राउ गरेका हौं।’
मान्छेहरू घरबाट धेरै बाहिर निस्के त्यस्तो लेख्यो भने मान्छेहरू डराएर घरभित्रै बस्थे होला,’डिएसपी पौडेलले सुनारको बयान उद्धृत गर्दै भने,’त्यही भएर लेखेको हो मैले भनेका छन्।’
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।
उनलाई अफवाह फैलाउन कसूरमा मुद्दा चलाउने तयारी गरिरहेको डिएसपी पौडेलले बताए।