बैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने

News

काठमाडाैँ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताएका छन्। हाल आन्तरीक उडान बैशाख १५ गते सम्म बन्द गरिएको छ।