केही समयदेखि पर्दा पछाडि रहेका अभिनेता राजेश हमाल फेरि टेलिभिजन कार्यक्रम मार्फत दर्शक समक्ष आउने भएका छन् । । उनले कान्तिपुर टेलिभिजनमार्फत ‘जातको प्रश्न’ नामक कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । यही साउन १७ गते शनिबारबाट कान्तिपुर टेलिभिजनमा ‘जातको प्रश्न’ कार्यक्रम प्रसारण हुनेछ ।
कार्यक्रम प्रत्येक शनिबार साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम राति १० बजे पुनः प्रशारण गरिने छ । यस कार्यक्रम समता फाउन्डेशनको प्रस्तुती रहेको छ । राजेश हमालले यस अगाडी एपिवान टेलिजिभनमा ‘को बन्छ करोड ’ कार्यक्रम सञ्जालन गरेका थिए ।