गैर सरकारी संस्था एक्सप्राइजले तीन दिन पहिला अर्थात् २८ जुलाईमा यो प्रतियोगिताको घोषणा गरेको हो । यो प्रतियोगिता कोभिड १९ टेस्टको सस्तो र छिटो परिणम दिने टिकाको तरिका बताउनेका लागि रहेको छ । यदि तपाईसँग पनि वैज्ञानिक दिमाग छ भने यो प्रतियोगितमा भाग लिन सक्नुहुन्छ ।यो प्रतियोगितामा तीव्र रुपमा काम गर्ने वाला कोभिड १९ को तरिका खोज्नुपर्ने हुन्छ । प्रतियोगित जितेमा तपाईले ५ मिलियन डलर कमाउन सक्नुहुन्छ । प्रतियोगिता ६ महिनासम्म चल्नेछ भने विजेताको नाम अघिल्लो वर्षको शुरुवाती महिनामा घोषणा गरिने छ ।
प्रतियोगितालाई “एक्स्प्राइज र्यापिड कोभिड टेस्टिङ” नाम दिइएको छ । टेस्टको परिणाम १५ मिनेट भित्रमा आउनुपर्ने बताइएको छ ।यसमा कुल मिलाएर पाँच विजेता टिमलाई चयन गरिनेछ । हरेक टिमलाई १ मिलियन डलर दिइनेछ ।यसमा पीसीआर टेस्टको तरिका वा एन्टीजेन टेस्टको तरिका हुनुपर्छ ।
XPrize launches $5 million competition for better COVID-19 tests https://t.co/coXzLE7D4O pic.twitter.com/IZp2u5x1Q3
— Live Science (@LiveScience) July 28, 2020