त्रिविमा ‘गोल्ड मेडल’ नै किनबेच गर्ने तीन जनालाई विशेष अदालतले यस्तो सजाय सुनायो

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद – बिक्रीमा संलग्न तीनजना विरुद्ध विशेष अदालतले जरिवाना र कैद सजाय सुनाएको छ।  सुरेन्द्र कोइराला, केदार भट्टराई र परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारी रामबहादुर कर्माचार्यलाई सजाय सुनाइएको हो । मंगलबार विशेषका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी, सदस्य न्यायाधीशहरू बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको […]

Continue Reading

कङ्गोमा मिसनमा गएका नेपाली सेनाबीच कुटपिटको कारण

राष्ट्रसंघीय मिशनअन्तर्गत कङ्गोमा तैनाथ नेपाली सेनाको टोलीमा तीनजना क्याप्टेनले आफू मातहतका सैनिकलाई मरणासन्न हुनेगरी कुटेको घटना बाहिरिएपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले दोषीलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् । यसैबीच सेनाले वरिष्ठ मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको बताइएको छ । घटनाको खबर प्राप्त हुनासाथ सेनाले थालेको प्रारम्भिक अनुसन्धानमा सैनिक जवान र हाकिमहरूले मादक […]

Continue Reading

सीडीओको फेसबुक ह्याक, ह्याकरले गरे हिन्दीमा च्याट !

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलको फेसबुक म्यासेन्जरबाट ‘हाइ’ भन्दै सन्देश आएपछि सप्तरीका बालकृष्ण मण्डल अचम्ममा परे । उनी झन् आश्चर्यमा त्यतिबेला परे, जब ‘सीडीओ’ले हिन्दीमा बेतुकका कुरा गर्न थाले । सोमबार साँझ ५ बजेर १८ मिनेटमा सीडीओ पौडेलको म्यासेन्जरबाट मण्डललाई सन्देश आएको थियो । तर, च्याट गर्ने क्रममा उताबाट पैसा ट्रान्सफर गर्ने कुरा […]

Continue Reading

बालिका बलात्कार पछि हत्याका आरोपीविरुद्ध फेरि अर्को बलात्कारको मुद्धा दर्ता

बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्याका आरोपी विरुद्घ फेरी अर्को जबरजस्ती करणी सम्बन्धि मुद्घा दर्ता भएको छ । साउन २९ गते गाउँकै अर्की १३ बर्षिया बालिकालाई घट्ट पिस्न गएको बेला बलात्कार गरेको भन्दै आज पिडित बालिकाका आफन्तले मष्टा गाउँपालिकाका २० बर्षिय राजेन्द्र बोहरा विरुद्घ जिल्ला प्रहरी कार्यालय बझाङमा […]

Continue Reading

आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरी घाइते बनाउने श्रीमति पक्राउ

रुकुम पश्चिममा आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरी घाइते बनाउने श्रीमति पक्राउ परेकी छिन् । आफ्नै श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बाफिकोट गाउँपालिका-९ तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो । घरायसी बिवादको कारण अमृताले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त भएपछि अस्थाई […]

Continue Reading