कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्ब ७४ करोड, कोरोना नियन्त्रणका लागि १ अर्ब ५५ करोड

कर्णाली, १ असार | आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५० करोड कम आकारको बजेट ल्याएको घोषणा गर्नुभयो । बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत […]

Continue Reading

नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने : भारतीय रक्षामन्त्री

एजेन्सी,१ असार । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताउनु भएको छ । भारतीय जनता पार्टीद्वारा उत्तराखण्डमा आयोजित ‘जन संवाद’ कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताउनु भयाे । लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई […]

Continue Reading

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

बुटवल, १ असार । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको […]

Continue Reading

बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोडको बजेट

काठमाडौँ – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो वर्षभन्दा झण्डै चार अर्ब रूपैयाँ बढी बजेट प्रस्तुत गरे । प्रदेशले अघिल्लो वर्ष ४७ अर्ब ६० करोड रूपैयाँ बजेट प्रस्तुत गरेको थियो […]

Continue Reading

बागमती प्रदेशको नयाँ आर्थिक वर्षको वार्षिक बजेट घोषणा (लाइभ)

हेटौंडा, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक बजेट घोषणा कार्यक्रम सुरु भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रदेश सभामा अपरान्ह प्रस्तुत गर्न लागेको हो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याउन लागेको हो। प्रदेश सरकारले […]

Continue Reading