भौतिक उपस्थितिमै पढाई गर्ने पक्षमा प्याब्सन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले जनस्वास्थ्यका मापदण्ड अपनाएर भौतिक रुपमै पठन पाठन गर्नुपर्नेमा जोड दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाईन कक्षा सञ्चालन गर्न सीसीएमसीलाई गरेको सिफारिस सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । नेपालको भौगोलिक अवस्था तथा अभिभावकहरुको आर्थिक सामाजिक अवस्थाको कारण सधैँ अनलाईन कक्षा सञ्चालन गर्न सहज नहुने […]

Continue Reading

कोरोना सङ्क्रमणको दोस्रो जोखिमबाट नागरिकलाई बचाउन सरकारले कार्ययोजना सार्वजनिक गर्ने

सरकारले कोरोना भाइरस सङ्क्रमणको दोस्रो जोखिमबाट नागरिकलाई बचाउन कार्य योजना छिट्टै सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बचाउने कार्य योजना छिट्टै सार्वजनिक गरिने बताउनु भएको हो। कस्तो आचारसंहिता, मापदण्ड अपनाउने भन्ने छलफल गरी चाँडै योजना सार्वजनिक गर्ने मन्त्री गुरुङले […]

Continue Reading

‘माई सेकेन्ड टिचर’ वैशाख १ गतेदेखि

‘माई सेकेन्ड टिचर’ ई-लर्निङ्ग प्ल्याटफर्म वैशाख १ गतेदेखि शुरु हुने भएको छ । यसले नेपालको शैक्षिक गुणस्तर सुधार गर्न मद्घत गर्ने निर्माता इनोभेट टेकले जनाएको छ । एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक–विद्यार्थीको कुराकानीमा आधारित अन्र्तक्रियात्मक भिडियो सामाग्रीहरु राखिएको छ । बैशाख […]

Continue Reading

बिहीबार ५४ बालबालिकामा कोरोना पुष्टि, मन्‍त्रालयले भन्‍यो- विद्यालय बन्द गर्नू

पछिल्लो समय विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले सिसिएमसीलाई विद्यालय बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्। विभिन्न समयमा सम्बन्धित निकायलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक गतिविधि अपनाउन आग्रह गरिएको उनले जानकारी दिए। अधिकारीले भने, ‘यसअघि  बालबालिकामा ७.५ प्रतिशत बालबालिकामा संक्रमण रहेको थियो। शुक्रबार मात्र १६ प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ।’ उनका अनुसार […]

Continue Reading

स्वास्थ्य मन्त्रालयको १० बुंदे निर्देशन, राति ९ बजेपछि ब्यबसाय बन्द

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज १० बुंदे निर्देशन जारी गरेको छ। मन्त्रालयले रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। त्यस्तै मन्त्रालयले बाहिर निस्किंदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन दिएको छ । मन्त्रालयले ठूला सहरमा ५ सय र साना सहरहरूमा एक सय भन्दा बढी सक्रिय […]

Continue Reading