काभ्रेमा थप चार सरकारी कार्यालयको सेवा बन्द

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताउनुभयो । उहाँले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क […]

Continue Reading

शशांक कोइरालाको कोरोना रिपोर्ट शंकास्पद, ‘रिकन्फर्म’ गरिँदै

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको छ। धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म भइरहेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले थाहाखबरलाई जानकारी दिए। उनले भने, उहाँको रिपोर्ट बोर्डर लाइनमा आएकोले शंकास्पद देखिएको छ। फेरि परीक्षण गरिएको र दुई बजे सार्वजनिक गरिने छ।’  

Continue Reading

उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

Continue Reading

होम आइसोलेसनमा बसेका काठमाडौका एक संक्रमितको निधन

अस्पताल नगएर होम आइसोलेसनमा बसेका एक पुरुषको निधन भएको छ । काठमाडौं महानगरपालीका(१५ डल्लुस्थित विजयश्वरीका ६८ वर्षका पुरुषको कोरोनाका कारण निधन भएको हो । उनको शनिवार साँझ आफ्नो घरमै निधन भएको जनाईको छ । ति पुरुषलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि पनि उनी होम आइसोलेसनमा बसेका थिए । मिर्गौला […]

Continue Reading

कोरोनाबाट युएईमा थप पाँच नेपालीको मृत्यु

पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । समितिका […]

Continue Reading