बाढीमा दुई चिनियाँ र एक भारतीयको मृत्यु

सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, […]

Continue Reading

उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

काठमाडौं उपत्यका भित्रिने सवारी साधनबाट निस्कने धुलोका कारण भइरहेको प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकाहरुमा काठमाडौँ महानगरपालिकाले एकीकृत व्यवस्थापनका लागि चारवटै नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना गर्ने भएको छ । कामपाले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रममा यस विषयलाई समटेको हो । अन्य स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लिनिङ […]

Continue Reading

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न छलफल

सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो÷भिडियो सामग्रीमा पत्रकारिता भए÷नभएकोबारे […]

Continue Reading

लप्ची क्षेत्रबाट २२ जनाको उद्धार

जिल्लाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो । बिगु गाउँपालिकाका उपाध्यक्ष सजिव ओलीको अगुवाईका डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताउनुभयो । उहाँले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको ड्याम […]

Continue Reading

बढीपहिरो अपडेट : ११ को मृत्यु, २५ बेपत्ता

मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र […]

Continue Reading