गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (आइतबार) पदबाट राजीनामा दिएका छन्। गुरुङले राजीनामा प्रदेश प्रमुख सीता पौडेललाई बझाएका छन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्। गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।

Continue Reading

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीवार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रवार दिउँसो पदभार ग्रहण गरेका हुन्। यादवले शुक्रवार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले जानकारी दिए । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम […]

Continue Reading

नेता नेपाल राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आजै साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेता नेपाल देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । नेता नेपालले पछिल्लो समय विपक्षी दलका नेताहरुलाई भेटेका छन् । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको […]

Continue Reading

गण्डकीका प्रदेश प्रमुखको अभिव्यक्तिप्रति तीन दलको आपत्ति

गण्डकी प्रदेश प्रमुखमा सीता पौडेलले दिएको अभिव्यक्ति गैरसंवैधानिक भन्दै विपक्षी तीन दलले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् । बुधबार पदभार गर्ने क्रममा सञ्चारमाध्यममा बोल्दै प्रदेश प्रमुख पौडेलले सभामुखको राजीनामा माग गरेकी थिइन् । सोमबार गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएकी पौडेल मंगलबार पोखरा आएकी थिइन् । प्रदेश […]

Continue Reading

राष्ट्रपतिलाई ओलीको राजनीतिक मतियार नबन्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विश्वासको मत लिने घोषणा गरेर संसद छल्दै अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले सरकारले संसद छल्दै अध्यादेश ल्याउनु संविधानविपरित र अराजनीतिक रहेको बताए । त्यस्तै सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले बिना रोकतोक पास गरेको प्रति आपत्ति जनाउँदै सांसद […]

Continue Reading