साफ उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किए

काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल खेलेर उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरेका थिए । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल […]

Continue Reading

नेपाल भारतसँग पराजित

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतवार भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औं मिनेटमा गोल गरेका थिए ।

Continue Reading

क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

दमौली । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिए । “यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त […]

Continue Reading

ईपीएलमा चितवनको दोस्रो जित

काठमाडौं । चितवन टाइगर्सले काठमाडौं किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको […]

Continue Reading

ईपीएल : उद्घाटन खेलमा काठमाडौं विजयी

काठमाडौं । काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित हात पारेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले जित हात पारेको हो । ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

Continue Reading