गोंगबु हत्या प्रकरणकी आरोपी कल्पना शाही पक्राउ परेपछि घटनाको रहस्य खुलेको छ । शाहीले विष खुवाएर हत्यापछि शव व्यवस्थापन गरेको प्रहरीलाई बयान दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
हत्यापछि टाउको र खुट्टा अलग गरी सुटकेशमा राखी फालेको खुलेको हो । दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।
गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले नै हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी स्रोतले जनाएको छ । उनले शव व्यवस्थापन गर्दा अरुको सहयोग लिए नलिएको खुलेको छैन । अहिलेसम्म उनी एक्लैले योजनावद्ध तरिकाले हत्या गरेको खुलेको छ ।
शाहीसँग बोहराको सम्बन्धको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । एक छोरा र एक छोरीकी आमा शाही छोरासँग बस्दै आएकी थिइन् । दुई कोठा, किचेन र बाथरुमसहितको फ्ल्याटमा बस्दै आएकी थिइन् । छोरीको विवाह भइसकेको पत्ता लागेको छ ।
बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे । हत्या भएको राति उनी किन त्यहाँ पुगे भन्नेबारे अनुसन्धान भइरहेको बुझिएको छ ।
गोंगबु हत्या प्रकरण : शवको सनाखत भयो , थप तथ्य पत्ता, एक घर सील !