म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ

Crime

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार नै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेकाले त्यसमा संलग्न सबैलाई कडा कारवाही गरिने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य छ जनाको पहिचान भैसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । भिडियोका गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी पनि गरेको देखिएकाले त्यसबारे पनि प्रहरीले छानविन अघि बढाएको छ ।

तामाङको म्युजिक भिडियो भदौ एकमा युट्युवमा अपलोड गरिएको थियो । राष्ट्रिय झण्डा जलाएको दृश्य सहितको म्यूजिक भिडियो भने मकवानपुरको बागमति गाउँपालिका तीनस्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिएको छ ।

राष्ट्रिय झन्डा जलाएको गीतको म्युजिक भिडियो खिच्‍ने क्यामेराम्यान पक्राउ , गायक मंगोल ग्याल्जीको खोजीमा प्रहरी

राष्ट्रिय झण्डाको अपमान !!! कुनै नागरिकलाई सह्य हुदैन, तत्कालै कारवाही गरियोस् : रिपोर्टका लागि सेयर गरौँ